शुक्रबार, १२ असार २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

इरानद्वारा ४८ घण्टे युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडौँ । इरानले अमेरिकाबाट आएको ४८ घण्टे युद्धविराम सीजफायर प्रस्ताव अस्वीकार गरेको छ । अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार उक्त प्रस्ताव बुधबार तेस्रो देशमार्फत तेहरान पठाइएको थियो। तर इरानले त्यसलाई स्वीकार नगरेको जनाइएको छ । यसैबीच, इरानले शुक्रबार अमेरिकाका दुई लडाकु विमान खसालेको दाबी गरेको छ । तीमध्ये एक एफ–१५ इ फाइटर जेट र अर्को ए–१० आक्रमणकारी विमान रहेको बताइएको छ ।

एफ–१५ माथि इरानभित्रै आक्रमण भएको जनाइएको छ। सो विमानका एक क्रु सदस्यको उद्धार गरिएको छ भने अर्का सदस्य अझै बेपत्ता रहेको जानकारी दिइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार ए–१० विमान पर्सियन गल्फ क्षेत्रमा खसेको हो। यद्यपि, अमेरिकी अधिकारीहरूले भने उक्त विमान दुर्घटनाग्रस्त भएको वा खसालिएको भन्ने विषय स्पष्ट नभएको बताएका छन् ।

इरान तनावबीच ट्रम्प प्रशासनद्वारा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त

काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा इरानसँगको बढ्दो तनाव र आन्तरिक राजनीतिक दबाबका बीच व्यापक हलचल देखिएको छ। अमेरिकी सञ्चारमाध्य...

कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक ड्रोन आक्रमण, मध्यपूर्व तनाव झन् चर्किय...

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका बीच कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार मिना...

ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्ना...

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्याप...

हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन...

मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्...

एकचालीस ​​देशहरूबाट तेल र ग्यास आयात भइरहेको हर्मुजको जलमार्ग अवरुद्ध गर्नु स्वी...

काठमाण्डौँ । पश्चिम एसियामा युद्धको अवस्थाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो सार्वजनिक बयान दिएका छन् । लोकसभामा २५ मिनेटको भाषण...