कला/साहित्य
मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट गरिएको हो ।
श्रेष्ठ सूचीमा पर्न सफल कृतिहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, र वीणा जोशी राजभण्डारी को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन् ।
त्यस्तै, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा नवराज केसीको ‘स्वस्पर्श’, र नदीशको ‘हिउँद’ पनि यो सूचीमा समावेश छन् । यी १० मध्येबाट एक उत्कृष्ट कृतिलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ ।
वि।सं। २०१२ सालमा स्थापित यस पुरस्कारको राशी २०७५ सालदेखि चार लाख रुपैयाँ रहँदै आएको छ । गुठीले २०७२ सालदेखि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० वटा उत्कृष्ट कृतिहरूको सूची सार्वजनिक गर्ने परम्परा सुरु गरेको हो । नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित मानिने यस पुरस्कारको अन्तिम विजेताको घोषणा भने केही समयपछि गरिनेछ ।
ताजा समाचार
लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण
काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षत...
साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकार...
काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक...
भानुभक्तको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा-साहित्यको समृद्धिमा लागौँ : सभाम...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण मात्र नगरी उनले देखाएको मार्गलाई आत्मसात् गर्दै नेपाली भाषा र सा...
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका...
पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले...
पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट
चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष...


