शुक्रबार, १२ असार २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

चार वर्षदेखि जारी रूस–युक्रेनबीच अस्थायी युद्धविराम शुरू

काठमाण्डौँ । चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रूस र युक्रेनबीच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसकेको सन्दर्भमा यो कदमलाई मानवीय राहतको सानो तर महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।

क्रेमलिनले जारी गरेको निर्देशनअनुसार शनिबार अपरान्ह ४ बजे १३ जिएमटीदेखि आइतबार रातिसम्म ३२ घण्टे युद्धविराम लागू हुनेछ । यस अवधिमा सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्न रक्षामन्त्री आन्द्रेई बेलोसोभ र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई आदेश दिइएको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि आफ्नो देश इस्टरका अवसरमा युद्धविरामका लागि तयार रहेको कुरा पटक–पटक व्यक्त गर्दै आएको उल्लेख गरेका छन् । उनले रूसको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिन इच्छुक रहेको बताए ।


लेबनानसँगको तनाव अन्त्यका लागि नेतान्याहूले दिए वार्ताको निर्देशन

काठमाण्डौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग जारी द्वन्द्व र सीमा विवाद सुल्झाउनका लागि वार्ता अगाडि बढाउन आफ्ना अधिकारीहरू...

युद्धबिराम सुरू भइसकेपछि इजरायलको आक्रमण, २ सय ५४ जनाको मृत्यु

काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न घना बस्ती भएका व्...

हर्मुज खोल्ने मागमा चीन-रूसको भिटो, राष्ट्र संघको प्रस्ताव अस्वीकार

काठमाण्डौँ । इरान संकटको बीचमा संयुक्त राष्ट्र संघमा हर्मुजको नाका खोल्ने प्रस्ताव पारित हुन सकेन । रूस र चीनले यसलाई भिटो गरे । मिडिया रिपोर्टका अ...

पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन इरानको आह्वान

काठमाडौँ । ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ । इरानले युवाहरूलाई...

नजिकिँदै ट्रम्पको ‘होर्मुज अल्टिमेटम’, देखिएन इरानको सहमतिको संकेत

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच सातादेखि जारी इरान विरुद्धको अमेरिकी इजरेली युद्धका क्रममा पटकपटक समयसीमाहरू तोके, मागहरू प्रस...

अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु

काठमाडौँ ।  अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अध...