अन्तर्राष्ट्रिय समाचार
इरानमाथिको तेल प्रतिबन्धमा अमेरिकाको अस्थायी छुट
काठमाण्डौँ । अमेरिका र इरानबीचको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा महत्त्वपूर्ण कूटनीतिक मोड देखिएको छ । स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र पाकिस्तानको मध्यस्थतामा जारी वार्तामा अमेरिकाले इरानमाथि लगाउँदै आएको कडा आर्थिक प्रतिबन्धलाई अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै इरानले आगामी दुई महिनाका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्नो कच्चा तेल डलरमा बिक्री गर्न पाउने बाटो खुलेको छ ।
यस अस्थायी छुटसँगै इरानले आगामी कम्तीमा दुई महिनासम्म अमेरिकी कम्पनीहरूसहित अन्तर्राष्ट्रिय बजारमा डलरमा तेल बेच्न पाउनेछ । यसअघि प्रतिबन्धका कारण इरानले आफ्नो तेल छायाँ सञ्जालमार्फत र मुख्यतः चीनलाई मात्र बेच्न बाध्य थियो । हर्मुज जलमार्गमा नौसेना तैनाथ गरी नाकाबन्दी लगाउँदा इरानका कच्चा तेल भण्डारगृहहरू भरिएका थिए, तर अब उक्त जलमार्गमा तेल तथा प्राकृतिक ग्यास बोकेका पानीजहाजहरूको आवतजावत निर्वाध हुने सहमति बनेको छ ।
ताजा समाचार
अमेरिका र इरानबीच १४ बुँदे समझदारी
काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धस...
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्र...
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाब...
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । यद्यपि, इ...
इरानसँग शान्ति सम्झौताको लागि अमेरिकी वायुसेनाका ४ विमान जेनेभातर्फ उडे
काठमाडौँ । अमेरिका र इरानबिच हुन लागेको ऐतिहासिक प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्ने विशेष प्रयोजनका लागि अमेरिकी वायुसेनाका चारवटा विशाल ‘सी...
फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी...
इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन
तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इ...


