शुक्रबार, १२ असार २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका लागि रणनीति बनाउन व्यस्त रहेको अमेरिकी समाचार पोर्टल एक्जिओसले जनाएका छन् ।

तीन हप्ताको युद्धपछि ट्रम्प प्रशासनले अर्को चरणका लागि प्रारम्भिक छलफल सुरु गरेको छ। यस बारेमा अमेरिकी अधिकारी र स्रोतहरूको भनाइलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । इरानसँगको शान्ति वार्ता कस्तो स्वरूपमा हुन सक्छ भन्ने विषयमा पनि विचारविमर्श भइरहेको छ । एक्जिओसका स्रोतहरूका अनुसार, ट्रम्पका दूत जेरेड कुश्नर र स्टिभ विटकफ सम्भावित कूटनीतिका बारेमा छलफलमा सहभागी छन् । 


इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आक...

इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा

काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्‍याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा...

इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत...

हर्मुज जलमार्ग खुलाउन दक्षिण कोरियाले शुरू गर्‍यो इरानसँग संवाद

काठमाडौँ । पश्चिम एसियाको द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउ...

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धलाई लिएर फेरि एकपटक ठूलो दाबी गरेका छन् । ‘ट्रुथ सोसल’ मा एउटा पोस्ट गर्दै उनले इरान...

होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले नियन्त्रणमा लिएको पुष्टि

काठमाडौँ । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो...