शुक्रबार, १२ असार २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते

 काठमाडौँ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ ।

हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार चार जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । विभागले आगामी हप्तासम्म जापानी भूकम्प तीव्रता मापनको उच्च स्थरको भूकम्पका लागि जनतालाई सतर्क रहन आग्रह गरेको छ । जापान चार टेक्टोनिक प्लेटहरूको छेउमा अवस्थित भएकाले तथा १०० वटा सक्रिय ज्वालामुखीहरूको उपस्थती रहेकाले यसलाई उच्च भूकम्पीय गतिविधिको जोखिममा रहेको राष्ट्रका रुपमा चिनिन्न्छ ।

यस अघि सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीको कारण १५ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो ।

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प : राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो...

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ । देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही से...

रिपब्लिकन नियन्त्रित सिनेटमा इरान युद्ध विरुद्ध प्रस्ताव पारित

काठमाडौँ । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरुद्ध सैन्य कारबाही रोक्न वा जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिन निर्देशन दिने यु...

इरानमाथिको तेल प्रतिबन्धमा अमेरिकाको अस्थायी छुट

काठमाण्डौँ । अमेरिका र इरानबीचको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा महत्त्वपूर्ण कूटनीतिक मोड देखिएको छ । स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र...

अमेरिका र इरानबीच १४ बुँदे समझदारी

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धस...

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्र...

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाब...

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । यद्यपि, इ...