समाचार
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
ताजा समाचार
अतिक्रमित सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन : आइतबारदेखि डोजर चल्न...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यका लगायत देशका विभिन्न प्रमुख सहरहरूमा सार्वजनिक जग्गा मिचेर बनाइएका सुकुम्बासी बस्तीहरूलाई...
भैरमपुरमा बाह्र घर जलेर खरानी
काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ ओटा घर जलेर खरानी भएका छन् । जिल्ला...
झाडा पखालाका कारण दाजुभाइको ज्यान गयो, आमा र भाइको उपचार हुँदै
काठमाडौँ । कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा झाडा पझाडा पखालाका कारण दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सहोदर दाजुभाइ ८ वर्षीय भीम ताम्...
नेपाल वन प्राविधिक संघद्वारा सरकारलाई ध्यानाकर्षण
काठमाडौँ । नेपाल वन प्राविधिक संघले वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवहारिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । संघ...
सुदूरको बेथाः बाटोमै जन्माइन् दोइलाले बच्चा
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बीच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वड...
सरकारले भन्यो_ इजरायल र इरानको यात्रा नगर्नू
काठमाडौँ । नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गर्दै अवस्था सामान्...


