शुक्रबार, १२ असार २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण

काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्ताको उक्त लडाकु विमान इरानमाथिको मिसनमा रहेको बेला समस्या उत्पन्न भएको थियो । त्यसपछि यसलाई मध्यपूर्वस्थित अमेरिकी एयरबेसमा आपतकालीन रूपमा अवतरण गराइएको हो ।

उनले विमान सुरक्षित रूपमा अवतरण भएको र घटनाबारे अनुसन्धान जारी रहेको बताए । पाइलटको अवस्था स्थिर रहेको पनि उनले जानकारी दिए ।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धयता इरानले अमेरिकी विमानलाई निशाना बनाएको र एफ–३५ लाई आपतकालीन अवतरण गराउनुपरेको यो पहिलो घटना हो ।


विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना

काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानक...

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हु...

पाकिस्तानद्वारा अफगानिस्तानमा हमला गर्दा ४०० जनाको मृत्यु

काठमाडौँ । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विम...

यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति

दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् ।...

नेतन्याहूलाई जीवित नछोड्ने इरानको धम्की

काठमाडौँ । इरानको रिभोलुसनरी गार्डसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ ज...

होर्मुज खोल्न सहयोग नगरे नेटोको भविष्य ‘धेरै खराब’ हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो०को भविष्यका ला...