शुक्रबार, १३ चैत २०८२
नेपाली

अन्तर्वार्ता

Main News Image

विपिन जोशीको सम्झनामा माइतीघरमा गरियो दीप प्रज्वलन

काठमाडौँ । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् । जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् ।

विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए। अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो।

सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो। इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।