शुक्रबार, १२ असार २०८३
नेपाली

हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन्न !

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको प्रतिस्पर्धा रहेको दौड प्रतियोगितामा ५० किलोमिटर अन्तर्गतको च्याम्पिएन चेज हङ ताम पहिलो , हङकङ चिन दोस्रो , सन्तोष तामाङ नेपाल तेस्रो , तमी युङ बेलायतले भए यसै गरी ५० किलोमिटर महिलातर्फ प्रथम हङ क्यु ल्योङ बेलायत ,दोस्रो पाक ई मङ हङकङ चिन र तेस्रो जुलीयामित लेप्चा भारत भएका थिए । साथै १२ किलोमिटर अन्तर्गत च्याम्पिएन म्याथ्थु क्यारी बेलायत प्रथम , यू जेस्पर याम हङकङ दोस्रो, जर्म डी क्यालेरन्स फ्रान्सले तेस्रो स्थान प्राप्त गरेको थियो। त्यसैगरी महिला तर्फ १२ किलोमिटर अन्तर्गत प्रथम सीउ साङ सान लाउ हङकङ चिन , दोस्रो इलाने एप्सटोल फिलिपिन्स तेर्सो जेसी याहु हङकङ भएको थियो। कार्यक्रममा विजयी धावकहरूलाई नगद र ट्रफी प्रदान गरिएको थियो । यसै गरी विभिन्न उमेर समूह महिला समूहहरूका पहिला, दोस्रो र तेस्रो हुनेहरूलाई ट्रफ्री प्रदान गरिएको थियो । निर्धारित समयमा दौड पूरा गर्ने धावकहरूलाई फिनिसार मेडल प्रदान गरिएको थियो। कार्यक्रमका सम्पूर्ण प्रतियोगी धावकहरूलाई ब्लू माउन्टेनको एचके डलर १०० को सपिंङ कुपन दौड टिसर्ट खाजा फलफूल हल्का पेय पदार्थ खाना उपलब्ध गराइएको थियो । हङकङ र विदेशी धावकहरूले आयोजकहरूको व्यवस्थापन उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रमको नेपाली महावाणिज्य दूत डा. बिन्देश्वर लेखकले हर्न बजाएर उद्घाटन गरेका थिए। प्रतियोगिता आरम्भमा महावाणिज्य दूत डा. लेखकले नेपाली समुदायबाट हङकङमा अन्तरार्ष्ट्रिय स्तरमा दौड प्रतियोगिता हुनु र मासिक पदमार्गहरू सरसफाइ गर्दै आएको संस्थाको काम प्रति सह्राना प्रकट गरेका थिए । किरात याकथुङ चुम्लुङ्- कलाङ् समूहको लिम्बु नृत्य र तामाड ध्याधुड सेलो नृत्य अरूणा शर्माको एकल नृत्यहरू प्रस्तुति थियो । प्रतियोगिता आयोजक संस्था हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) ले विगत दुई वर्षबाट वातावरण र खेललाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । मासिक पदयात्रा सरसफाइ बालबालिकाहरूलाई निःशुल्क दौड तालिम दिंदै आएको छ । विजयी धावकहरूलाई संस्थाका अध्यक्ष तथा सल्लाहकारहरू र प्रायोजकहरूबाट ट्रफी र नगद समेत प्रदान गरिएको थियो । दौड कार्यक्रमको संस्थाका सचिव बसन्त आम्बुहाङ लिम्बू र चिनियाँ के लिमले गरेका थिए । संस्थाको अध्यक्ष बेदराज लिम्बुले सहभागी धावकहरू सहयोगी व्यक्ति र संस्थाहरूलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल-चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख...

इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु

काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम...

कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक ड्रोन आक्रमण, मध्यपूर्व तनाव झन् चर्कियो

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका बीच कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको हो । आक्रमणपछि केन्द्रमा आगलागी भएको थियो भने आप...

मध्यपूर्वको युद्धले एसियामा इन्धन सङ्कट : बङ्गलादेशमा सेना परिचालन, म्यान्मारमा सवारी चलाउन आलोपालो प्रणाली

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धनको गम्भीर अभाव र जनआक्रोश देखिन थालेको छ । विशेषगरी बङ्गलादेशमा स्थिति निकै तनावपूर्ण बनेपछि सरकारले प्रमुख तेल डिपो...

शेख हसिनाका छोराको दाबी : बंगलादेशमा हुन लागेको चुनावपछि भारतलाई खतरा पैदा हुनेछ

काठमाण्डौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन् । अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा...