मङ्गलबार, ०२ भदौ २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक ड्रोन आक्रमण, मध्यपूर्व तनाव झन् चर्कियो

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका बीच कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको हो । आक्रमणपछि केन्द्रमा आगलागी भएको थियो भने आपत्कालीन टोलीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। कम्पनीले घटनालाई दुर्भावनापूर्ण आक्रमणको रूपमा व्याख्या गरेको छ ।

मिना अल–अहमदी प्रशोधन केन्द्र मध्यपूर्वकै ठूलोमध्ये एक मानिन्छ, जसले दैनिक करिब ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता राख्दछ । यसैबीच क्षेत्रीय तनाव थप बढ्दै जाँदा इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको खबर आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै उक्त आक्रमण भएको जनाइएको छ ।


ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्ना...

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्याप...

हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन...

मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्...

एकचालीस ​​देशहरूबाट तेल र ग्यास आयात भइरहेको हर्मुजको जलमार्ग अवरुद्ध गर्नु स्वी...

काठमाण्डौँ । पश्चिम एसियामा युद्धको अवस्थाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो सार्वजनिक बयान दिएका छन् । लोकसभामा २५ मिनेटको भाषण...

अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लाग...

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आक...