मङ्गलबार, २९ वैशाख २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

रूसलाई थप दबाब दिन जेलेन्स्कीको आह्वान

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्यपि आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्तापछि सफलता हासिल गर्न नसकेको जिकिर गरेका छन् ।

यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रूसमाथि दबाब दिनुपर्ने बताउन भएको छ । यसअघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुन सम्ममा रूस र पुक्रेनको बीचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताएका थिए । रूसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वयहरु गर्ने बाँकी रहेको उल्लेख गरेका छन् ।


अमेरिकामा नेपालीको भविष्य अन्योलमा, करिब सात हजार नेपाली निर्वासनको जोखिममा

काठमाडौँ । एक दशकअघि भूकम्पको त्रासदीबाट जोगिन अमेरिका पुगेका हजारौँ नेपाली अब कानुनी अस्तित्व गुमाउने जोखिममा परेका छन् । अमेरिकी संघीय पुनरावेदन...

अमेरिकामा बसोबास अनुमति पाएका ७ हजार नेपालीलाई देशनिकाला गर्न ट्रम्पलाई बाटो खुल...

काठमाडौँ । अमेरिकाको एक अदालतले अस्थायी संरक्षित स्थिति टीपीएस अन्तर्गत अमेरिकामा बस्ने अनुमति पाएका नेपालीहरूलाई देशनिकाला गर्न ट्रम्प सरकारलाई अन...

जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत

काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको...

भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर

काठमाण्डौँ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत...

ओमानमा इरान र अमेरिकाबीच गोप्य आणविक वार्ता, ट्रम्पका ज्वाइँ सहभागी हुने

काठमाडौँ । इरानले आगामी शुक्रबार ओमानको मस्कटमा अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्ने तयारी गरेको छ । इरानी सञ्चारमाध्यम तस्निमका अनुसार यो वार्...

चन्द्रमाको यात्रा नजिकिँदै : नासाको रकेटमा इन्धन भरेर गरियो सफल परीक्षण

काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्वपूर्ण परीक...