अपराध/ सुरक्षा
सभामुख अर्यालको सवारी साधनद्वारा ट्राफिक नियम उल्लंघन, जरिवाना काटियो
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेको घटनामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद डीपी अर्याल कारबाहीमा परेका छन् । थापाथली चोकमा लेन मिच्दै अघि बढेको उनको सवारी सिंहदरबार प्रवेश गरेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार सभामुख सवार गाडीसँगै सुरक्षामा खटिएका तीन वटा अगुवा–पछुवा सवारी साधनलाई समेत कारबाही गरिएको छ । स्रोतका अनुसार भीभीआईपी सवारी भएकाले घटनास्थलमै रोकेर कारबाही गर्न सम्भव नभएपछि ट्राफिक टोली सिंहदरबार पुगेर चिट काटेको हो ।
ताजा समाचार
ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफ...
प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ...
२४ घण्टामा एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा
काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय...
पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी
काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षी...
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६...
पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु
काठमाडौँ । बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बिएण्डबी अस्पतालमा उप...


