अपराध/ सुरक्षा
लागूऔषध नियन्त्रणदेखि बाढीमा उद्धारसम्म — प्रहरी निरीक्षक यादव बने ‘बेस्ट पुलिस अफ द मन्थ’
काठमाण्डौँ । काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको छ । लागूऔषध नियन्त्रण अभियानमा सक्रिय भूमिका खेल्दै उनले धुलिखेल–११ बाट करिब १८ केजी गाँजा बरामद गर्न सफलता पाएका थिए ।
यस्तै, बनेपाको चौकीडाँडामा रोशी खोलाको बाढीमा फसेका यात्रुहरूको जोखिमपूर्ण उद्धारमा समेत उनले नेतृत्व गरेका थिए । प्रहरी संगठनले उनको साहस, सक्रियता र जिम्मेवारीपूर्ण भूमिकाको कदर गर्दै वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
ताजा समाचार
थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अ...
चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !
मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र...
ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
काठमाण्डौँ । २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ...
जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स...
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्मार्ट टेलिकम स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ । ठगी तथा आपर...
दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहि...


