बिहिबार, ०७ जेठ २०८३
नेपाली

अपराध/ सुरक्षा

Main News Image

गौरमा कर्फ्यु हटाइए लगत्तै वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइए लगत्तै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले बिहान १० बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

उता, वीरगञ्ज महानगरपालिकामाप्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यु लगाएका हुन् । पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । व...

गौरमा पुनः निषेधाज्ञा जारी

रौतहट । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार गौर नगरपालिकाको पू...

रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन...

बाजा बजाएको विषयमा विवाद : रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यू जारी

रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्य...

बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय...

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ । दाङ को तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम ब...