अपराध/ सुरक्षा
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । उनी भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। उक्त दिन आन्दोलनकर्मीहरूले महाराजगन्ज प्रहरी वृत्तमा आक्रमण गरी प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या गरेका थिए। साथै, प्रहरी कार्यालयमा आगजनीसमेत गरिएको थियो ।
यसअघि पनि प्रहरीले यस घटनामा जोडिएका अभियुक्तहरू युवराज क्यापछाकी र सोनाम तामाङ ९बुद्धिलाल ठिङ० लाई सोही पक्राउ गरिसकेको छ।
यस्तै, सोही आन्दोलनको क्रममा कोटेश्वरमा प्रहरी जवान अमृत गुरुङको पनि हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
ताजा समाचार
मलद्वारमा सुन बोकेर बैंककबाट आएका भारतीय नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९० ग्राम सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्...
पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ
काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । ज...
पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर ग...
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ।...
काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती
काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने ब...


