अपराध/ सुरक्षा
धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ
काठमाण्डौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणका लागि पुगेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका कर्मचारीमाथि कुटपिट भएको थियो ।
प्रहरीका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट खटिएका सव–इन्जिनियर सुरेश आले मगर र सुपरभाइजर हवेन्द्रकुमार यादवलाई स्थानीयवासी संजिव मल्लले स्थानीय स्तरमा ढलान गरिएको बाटो अनुमति नलिई प्रयोग गरेको भन्दै आक्रोशित भई कुटपिट गरेका थिए । घटनामा सव–इन्जिनियर आले सामान्य घाइते भएका थिए भने सुपरभाइजर यादवको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि ललितपुरस्थित अस्पतालमा रिफर गरिएको थियो। हाल उनी उपचाररत रहेका छन् ।
घटनापछि फरार रहेका नीलकण्ठ नगरपालिका–४ निवासी ४० वर्षीय संजिव मल्ललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा प्रहरीले पक्राउ गरेको हो । उनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गम्भीर उत्तेजनामा आई कुटपिट गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरिएको छ । अनुसन्धानका लागि जिल्ला अदालत धादिङबाट ६ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
काठमाडौँ विमानस्थलमा ३१ लाख रुपैयाँसहित दुई बंगलादेशी पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्...
नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्...
अवैध लागूऔषधसहित २३ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार क...
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पैँयुटार बस्ने नेपाली ब्रो...
गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा र पदस्थापन
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षक डीआईजीको सरुवा र अन्य ७ जना नयाँ डीआईजीको पदस्थापन गरेको छ । मन्त्रालयको निर्...
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ...


