आइतबार, १० साउन २०८३
नेपाली

अपराध/ सुरक्षा

Main News Image

हेलमेटबिना बुलेट हाँकेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई निवासमै पुगेर ५ सय जरिबाना

कैलाली । कानुन र नियम सर्वसाधारणका लागि मात्र होइन, उच्च पदमा आसीन विशिष्ट व्यक्तिहरूलाई पनि समान रूपमा लागू हुन्छ भन्ने गतिलो उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकारी निवास परिसरभित्रै हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको कसुरमा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नै टिकटक खाताबाट शाहले हेलमेटबिना मोटरसाइकल चलाइरहेको भिडियो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा त्यसको चौतर्फी आलोचना सुरु भएको थियो ।

विशेषगरी, केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्रीले साँझको समयमा हेलमेटबिना गह्रौँ बुलेट बाइक चलाएको दृश्य बाहिरिएपछि जनस्तरबाट चर्को टिकाटिप्पणी र कानुनी कारबाहीको माग उठेको थियो ।


२४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र सडक अनुशासन पालना नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र पारेको छ । क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ

काठमाण्डौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरक...

ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ

काठमाण्डौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधा...

सत्यको खोजमा समर्पित पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान’

काठमाण्डौँ ।  खोज पत्रकारितामार्फत सामाजिक न्याय, सुशासन र जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै  खोज पत्रकार जीवन शर्मा...

पासपोर्ट छपाइ भ्रष्टाचारमा महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ । पासपोर्ट खरिदसम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगल...

विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका...