बिहिबार, ०७ जेठ २०८३
नेपाली

अपराध/ सुरक्षा

Main News Image

प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न रहेको ठोस प्रमाणका आधारमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास ५ का २५ वर्षीय सुजन वाइवा, दोलखाको मेलुङ ६ का २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरको भीमदत्त ६ का २५ वर्षीय अनिल बुढा, गोरखाको आजिरकोट ५ का २१ वर्षीय अनिल भुजेल, भारतको राजस्थान जयपुरग्रामका २४ वर्षीय सोयव खान, कञ्चनपुरको महेन्द्रनगर ऐंठपुरका २० वर्षीय विकास आग्री रहेका छन् ।

काठमाडौँ प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार थप पक्राउ परेकाहरूमा दैलेखको शैलुङ ८ का २१ वर्षीय तीर्थमान तामाङ, मकवानपुरको बकैया २७ वर्षीय राजेश तामाङ, काठमाडौँको नागार्जुन ८ का ३२ वर्षीय मोहन तामाङ, नुवाकोटको ककनी १ का ३१ वर्षीय सुवास तामाङ, सिन्धुलीको सुनकोसी १ का २५ वर्षीय सुचेन तामाङ, काभ्रेको धुलिखेल ११ का ४१ वर्षीय सुवास गोतामे, कञ्चनपुरको बेलौरी १ बैसाखीका २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोकको इरखु १ का २९ वर्षीय सविन राई र महोत्तरीको लोहरपट्टी ७ का २४ वर्षीय गोविन्दकुमार ठाकुर रहेका छन्।

जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्रा...

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपाल...

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले...

जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनाला...

मलद्वारमा सुन बोकेर बैंककबाट आएका भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९० ग्राम सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्...

पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ

काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । ज...

पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर ग...