७९ हजारभन्दा बढी जनशक्ति सम्हाल्ने नेपाल प्रहरीको कमान्ड कसको हातमा पर्ला ? कार्की, केसी, अधिकारी कि शाहको ?
यही कात्तिकमा नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ अवकाशमा जाने तयारीमा रहेका छन्। अब उनको स्थानका लागि चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)बीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद्धि विक्रम शाह।
यी चारै जना आफ्नो क्षेत्रमा बलिया अफिसर मानिन्छन्। कार्की निर्णय गर्नमा बोल्ड र नेतृत्व क्षमता भएका अधिकारीका रूपमा चिनिन्छन्। काठमाडौँ र कास्कीमा चुनौतीपूर्ण जिम्मेवारी सम्हालेका उनको व्यावसायिक छवि बलियो छ।
केसी भने कम बोल्ने तर नतिजा दिने प्रहरी अधिकारी हुन्। उनले भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर ठूलो चर्चा कमाए। अहिले उनी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रमुख हुन्।
राजन अधिकारी अनुशासित, अध्ययनशील र व्यावसायिक छवि भएका प्रहरी हुन्। उनले पहिलो महिला प्रहरी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर संगठनमा ऐतिहासिक योगदान दिएका छन्।
शाहलाई ‘फियरलेस अफिसर’का रूपमा चिनिन्छ। विशेष ब्यूरोमा रहँदा उनले दुर्गा प्रसाईंलाई भारतबाट नेपाल ल्याउने अपरेसन सफल बनाए।
गृहमन्त्री ओमप्रकाश अर्यालको सिफारिसमा प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्ले अन्तिम निर्णय लिनेछ। दलगत राजनीतिक हस्तक्षेप न्यून भएको यो समयमा, आईजीपी नियुक्ति प्रक्रिया पहिलोपटक योग्यता र क्षमता आधारित हुने जनअपेक्षा गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सहकार्यको अवसर
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापीका–संसदमा दर्ता महाभियोग प्रस्तावमाथी ९ कात्तिकबाट शुरु भएको छलफलले २५ गतेबाट निरन्तरता पाउनेछ । यसबीचमा परेको तिहार र छठ...
क्रिकेटले ल्याएको खुसी
काठमाण्डौँ । नेपाली क्रिकेटले पुनः एक पटक सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याएको छ । ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । नेपालका लागि यो सफलता अत्...
राजनीतिमा पुस्तान्तरण अपरिहार्य
नेपालको राजनीतिमा पुस्तान्तरण सबैभन्दा ठुलो चुनौती बन्दै आएको छ । राजनीतिबिना देश चल्न सक्दैन । राजनीतिलाई देश र जनताको हितमा प्रयोग गर्न सकिएन भने यसको अर्थ रहँदैन । राजनीति गर्ने दलहरूले हो । दलहरूलाई गतिशील, लोकतान्...
सत्ता लिप्त बदनाम नेताकाे 'जेन-जी' अपरेसन !
काठमाडौँ । नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’—अझै पनि राजनीतिको केन्द्रमा छन्। यिनै नेताहरू नेतृत्वमा रहँद...



