राजनीति
झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम
झापा । जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन्। ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या छ लाख ८२ हजार ९९३ पुगेको छ। यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए ।
अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ । “मतदाताको सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,” सूचना अधिकारी न्यौपानेले भने, “एकै दिन तीन सय जनासम्म मतदाताको सूचीमा नाम दर्ता गराउन आउने गर्नुभएको छ। नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ ।”
यही कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको संख्या दुई हजार ६२२ पुगेको हो। कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा समाचार
७० हजार नयाँ मतदाता थपिए
काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्न क्रम जारी छ । हालसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । २ कात्तिकसम्म ७० हजा...
सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौँ : खड्का
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । सुर्खे...
सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्। मंगलबार बालुव...
दलका नेतालाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारला...
पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको...
सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौं : कावा सभापति खड्का
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सह...


