आइतबार, १० साउन २०८३
नेपाली

राजनीति

Main News Image

छिन्नभिन्न हुँदै एकीकृत समाजवादी, माधव नेपालले अलपत्र पारेको आरोप

काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी छिन्नभिन्न हुने भएको छ । नेकपा एमालेबाट छुट्टिएर बेग्लै संगठन निर्माण गरेको चार वर्षपछि एकीकृत समाजवादी विघटनको बाटोमा अघि बढेको छ । अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पक्षले नेकपा ९माआवादी केन्द्र० सँग एकताको पहल थालेको छ । तर, माओवादीमा जान नचाहनेहरू भने बेग्लै पार्टी निर्माण गरेर बस्ने, एमालेमै फर्कने वा एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने जस्ता विभिन्न विकल्प खोजिरहेका छन् ।

समाजवादी मोर्चाका नाममा ध्रुवीकृत माओवादी, विप्लव समूह, अशोक राई नेतृत्वको जसपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच छिट्टै पार्टी एकता हुने तयारीबीच एकीकृत समाजवादी भने अन्योल र छिन्न भिन्नको अवस्थामा पुगेको हो । सो पार्टीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्न नहुने बताएका छन् ।

खनालले भनेका छन्, ‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।’ यस्तै उनले जेनजी आन्दोलन सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो भन्दै त्यसलाई अस्वीकार गरेर कोही अघि जान नसक्ने स्पष्ट पारेका छन् ।

साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।
‘हरेक सानाठूला पार्टीहरूमा र खुद जेनजी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ,’ खनालले भनेका छन्, ‘पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग हो’ भन्दै उनले फगत पुस्तावादको माग मात्र नभएको उल्लेख गरेका छन् । यता, माओवादी केन्द्रसँग एकता गर्न नचाहनेहरूले अर्को ध्रुविकरणको प्रयास गर्न थालेका छन् ।

 

ओलीलाई केन्द्रीय सदस्यहरूको आग्रह : अब नेतृत्व होइन, अभिभावक बन्नुस्

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले पा...

नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह

काठमाण्डौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदा...

जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्...

सर्लाही । जनता समाजवादी पार्टी जसपा नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम हिनामिना गरेको आर...

अहिले निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको बताएका छन...

जानेर–बुझेर नियतबस खराब काम गर्दिनँ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन...

काठमाडौं जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन उपलब्ध गराउने समझदारी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको काठमाडौं जिल्ला अदालत अस्थायी रुपमा नागरिक उड्डयन प्राधिकरणको बबर महलस्थित भवनमा सर...