राजनीति
बिहीबारदेखि माइतीघरमा धर्ना : देशभरका जेनजी एकताबद्ध हुन आह्वान
काठमाडौँ । जेनजी समूहहरूबीच एकता कायम गर्न र शहीदहरूको बलिदान नबिर्सन आग्रह गर्दै शुक्रबार माइतीघर मण्डलमा ‘जेनजी युनाइटेड’ नामक समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा, बालबालिका र शहीद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । उनीहरूले हातमा ‘रगतको बलिदान बिर्सनु अपराध हो’ र ‘जेनजी एक हौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
जेनजी युनाइटेडका प्रदर्शनकारीहरूले सबै जिल्लामा जेनजी सम्मेलन सञ्चालन गर्न माग गरेका छन् । उनीहरूका अनुसार देशभर जिल्लागत सम्मेलन सम्पन्न गरी काठमाडौँमा केन्द्रीय जेनजी सम्मेलन आयोजना गर्न आवश्यक वातावरण सरकारले तयार गर्नुपर्छ । यसअघि बिहीबार पनि जेनजी युनाइटेडले शहीदहरूको सम्झनामा श्रद्धाञ्जलिसहित भाइटीका कार्यक्रम सम्पन्न गरेको थियो । काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजी युनाइटेडका सदस्यहरूले शान्तिपूर्ण प्रदर्शनसमेत गरेका थिए।
ताजा समाचार
निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग
काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको...
निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नेको संख्या १५, अध्ययन गर्दै आयोग
काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताका लागि आएका १५ दलको कागजात अध्ययन गरिरहेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस...
वडा-वडामा मतदाता दर्ता अभियानमा सक्रिय हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका मातहतका सबै संगठनलाई मतदाता नामावल...
माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता अन्तिम चरणमा
काठमाडौँ । वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्...
कोप-३० मा नेपालले ९ एजेण्डा प्रस्तुत गर्ने तयारी
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन कोप–३...
देश दुखेको बेला एक हौं भन्दै जेनजीहरूको शान्तिपूर्ण आन्दोलन
काठमाडौँ । जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् । आफ्ना अधिकार र माग...


