आइतबार, १० साउन २०८३
नेपाली

राजनीति

Main News Image

आइजिपीलाई गृहमन्त्रीको फोन : सिराहा घटनाबारे निष्पक्ष अनुसन्धान गर्नू

काठमाडौँ । सिराहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा सामसुम पार्न खोजिएको आरोपपछि गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष जाँचका लागि उनले निर्देशन दिएका छन् । गृहमन्त्री अर्यालले सिरहाको मिर्चैयामा ४ जनालाई घाइते बनाइएको घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

मिर्चैया नगरपालिका ३ छड्की टोलको एक परिवारमाथि आक्रमण भएको थियो । पीडित परिवारले आक्रमणमा संलग्न व्यक्तिहरू मध्ये पाँच जना पक्राउ परे पनि राजनीतिक दबाबमा प्रहरीले तीन जनालाई छाडेको आरोप लगाएको छ । दोषी उम्काउन प्रहरीले जाहेरी दर्ता समेत नगरेको समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएको स्रोतले बताएको छ। स्रोतका अनुसार गृहमन्त्री अर्यालले आइजिपीलाई फोन गरेर घटनाबारे थप बुझेर प्रक्रिया अगाडि बढाउन भनेका छन् ।

 

सरकार र जेनजीबीच लिखित सम्झौता हुने : संयोजन गर्दै प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौँ । जेनजी आन्दोलनका माग र मुद्दाहरू कार्यान्वयनका लागि सरकार र जेनजी समूहबीच लिखित सम्झौता हुने भएको छ । राष्ट्...

सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउँछ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् । आज शुभ दीपाव...

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूला...

ओलीको अहंकारले निम्त्यायो २४ गतेको विध्वंस : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको भयानक विध्वंसको जिम्...

लोकतन्त्र विरुद्ध लाग्नेलाई जनताले गाँउबाट लखेट्टछन् : मुख्यमन्त्री बानियाँ

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका छन् । नेपाली कांग्रे...

राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए...

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरक...