शुक्रबार, ०८ जेठ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

लमजुङबाट २४ करोडको अलैँची बिक्री

लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० बराबरको आम्दानी भएको छ ।

यस वर्ष अलैँची प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्ममा बिक्री भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा बढी आम्दानी भएको उहाँको भनाइ छ ।

गत वर्ष शून्य दशमवल चार प्रतिशतले उत्पादन भएको अलैँची यस वर्ष घटेर शून्य दशमलव ३९ प्रतिशत भएको कृषि अधिकृत मिजारले उल्लेख गर्नुभयो । आव २०८१र८२ मा उत्पादित १५० मेट्रिकटन अलैँचीका दाना बिक्रीबाट रु २२ करोड आम्दानी भएको थियो । गत आवमा प्रतिकिलो रु एक हजार ५०० देखि रु दुई हजार ४०० सम्ममा अलैँची बिक्री भएको थियो ।

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत ब...

पेट्रोलियम पदार्थ आयातमा उल्लेख्य वृद्धि

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिन...

सरकारले १० अर्बको ९ वर्षे ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्दै

काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।  अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले...

नेप्सेमा ४२.५८ अंकको गिरावट, १४ अर्ब १६ करोड माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजा...