शुक्रबार, ०८ जेठ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यसको निष्कासन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

सुनको मूल्य तोलामा १८ हजार ८०० ले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, ग्याँस र पेट्रोलको मूल्य यथावत्

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूंल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको...

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

नेशनल लाईफ इन्स्योरेन्स को १ दिने तालिम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाख...

भारतबाट एलपी ग्यास आपूर्ति असहज हुँदा बजारमा अभाव

काठमाडौँ । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल...

सूर्यकुण्ड हाइड्रोले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले यही माघ १८ गतेदेखि आइतबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर...