आर्थिक खबर
प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आगामी ०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ।
त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। बैठकले ०८२ साल फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।
ताजा समाचार
नेप्सेमा १७.५३ अंकको गिरावट, १४ अर्ब ५६ करोड माथिको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजा...
सुनको मूल्यमा अप्रत्यासित बृद्धि, हालसम्मकै रेकर्ड तोड्दा एकै दिन तोलामा २० हजार...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन ला...
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता
काठमाडौँ । चीन भ्रमणमा रहनुभएका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैङ्क अफ चाइना पिबिओसीका गभर्नर फान कोङसङबीच आज भेटवार...
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सकियो
काठमाण्डौा । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य पूरा भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको...
अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्ड थप महँगिए
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, क...
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४९ करोड माथिको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजा...


