आर्थिक खबर
इभि मोटर क्षमता विवादमा नाइमाको चासो, स्पष्ट मापदण्ड बनाउन सरकारसँग आग्रह
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले विद्युतीय सवारी साधन ९इभि० को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नाइमाले शुक्रबार विज्ञप्ति जारी गर्दै इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण र प्राविधिक मूल्याङ्कनका विषयमा स्पष्ट, व्यवहारिक तथा एकरुप व्यवस्था आवश्यक रहेको जनाएको हो । यस विषयमा अर्थमन्त्री, उद्योगमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समेत छलफल भइसकेको नाइमाले उल्लेख गरेको छ ।
नाइमाका अनुसार नेपालमा आयात भइरहेका इभि सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन् । एउटै मोडलका सवारी साधन विभिन्न देश र बजारअनुसार फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै केवल वेबसाइट वा बाह्य विवरणका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ ।
नाइमाले नेपालमा अझै इभि मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएकाले भ्रम र फरक–फरक व्याख्या उत्पन्न भइरहेको बताएको छ ।
साथै, इभि क्षेत्र नेपालको स्वच्छ ऊर्जा उपयोग, हरित अर्थतन्त्र र दिगो यातायात विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै तथ्य, प्राविधिक अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्रै मूल्याङ्कन गर्नुपर्ने धारणा राखेको छ ।
अपुष्ट सूचना र असंगत व्याख्याले बजारमा अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास र लगानीको वातावरणमा असर पर्न सक्ने चेतावनी दिँदै नाइमाले स्पष्ट, पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
ताजा समाचार
एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट
काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गर...
आजका लागि विदेशी मुद्राको विनिमयदर कति छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ...
सरकारले उपत्यकाका नदी किनारबाट विस्थापित प्रतिपरिवारलाई २५ हजार दिने
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउँदा विस्थापित हुने परिवारलाई राहत स्वरूप एकमुष्ट २५ हजार रु...
अण्डाको मूल्य बढ्यो : उपभोक्तालाई प्रतिगोटा २५ रुपैयाँ, किसान अझै घाटामा
चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्ड...
ग्यास अनुदान खारेज गरिँदै
काठमाडौँ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गर्दै विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा ख...
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी म...

