मङ्गलबार, ०९ असार २०८३
नेपाली

इरानमाथिको तेल प्रतिबन्धमा अमेरिकाको अस्थायी छुट

Main News Image

काठमाण्डौँ । अमेरिका र इरानबीचको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा महत्त्वपूर्ण कूटनीतिक मोड देखिएको छ । स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र पाकिस्तानको मध्यस्थतामा जारी वार्तामा अमेरिकाले इरानमाथि लगाउँदै आएको कडा आर्थिक प्रतिबन्धलाई अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै इरानले आगामी दुई महिनाका लागि अन्तर्राष्ट्रिय बजारमा आफ्नो कच्चा तेल डलरमा बिक्री गर्न पाउने बाटो खुलेको छ ।

यस अस्थायी छुटसँगै इरानले आगामी कम्तीमा दुई महिनासम्म अमेरिकी कम्पनीहरूसहित अन्तर्राष्ट्रिय बजारमा डलरमा तेल बेच्न पाउनेछ । यसअघि प्रतिबन्धका कारण इरानले आफ्नो तेल छायाँ सञ्जालमार्फत र मुख्यतः चीनलाई मात्र बेच्न बाध्य थियो ।  हर्मुज जलमार्गमा नौसेना तैनाथ गरी नाकाबन्दी लगाउँदा इरानका कच्चा तेल भण्डारगृहहरू भरिएका थिए, तर अब उक्त जलमार्गमा तेल तथा प्राकृतिक ग्यास बोकेका पानीजहाजहरूको आवतजावत निर्वाध हुने सहमति बनेको छ ।


mediabaaji add

सम्बन्धित खबर

हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन्न !

मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको प्रतिस्पर्धा रहेको दौड प्रतियोगितामा ५० किलोमिटर...

ट्रम्पको सुरक्षा बैठक निष्कर्षविहीन : अमेरिका-इरान शान्ति सम्झौता अन्योलमा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित शान्ति सम्झौता र ६० दिने युद्धविराम थप गर्ने विषयमा ‘अन्तिम निर्णय’ लिन ह्वाइट हाउसको सिचुएसन रुममा बोलाएको उच्चस्तरीय सुरक्षा बैठक बिना कुनै निष्कर्ष टुङ्गिएको छ । राष्ट्रिय सुरक...

महासागरको तापक्रममा उच्च वृद्धि,जलवायु परिवर्तनका नयाँ रेकर्डहरू कायम

काठमाडौँ । युरोपेली सङ्घको जलवायु निगरानी निकायले मार्च महिनामा महासागरको तापक्रम झन्डै रेकर्ड स्तरमा पुगेको जनाएको छ । यसले पृथ्वीको समग्र तापक्रममा थप वृद्धि ल्याई अत्यधिक गर्मी र चरम मौसमी अवस्था निम्त्याउन सक्ने सङ्केत गरेको छ ।

प्रतिवेद...

अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन

काठमाण्डौँ । अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ । रोयटर्सका अनुसार, इरानको साहेद १३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेको थियो । यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्...

इरानद्वारा ४८ घण्टे युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडौँ । इरानले अमेरिकाबाट आएको ४८ घण्टे युद्धविराम सीजफायर प्रस्ताव अस्वीकार गरेको छ । अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार उक्त प्रस्ताव बुधबार तेस्रो देशमार्फत तेहरान पठाइएको थियो। तर इरानले त्यसलाई स्वीकार नगरेको जनाइएको छ । यसैबीच, इरान...

भेनेजुएलापछि अब क्युबा ट्रम्पको निशानामा, वाशिङ्गटन र हवानाबीच तनाव उत्कर्षमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल ‘सम्झौता गर्न’ वा त्यसको गम्भीर मूल्य चुकाउन चेतावनी दिएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तीव्र तनाव उत्पन्न भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले सत्ताच्यु...