साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह
काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्लेषण गरे । उनले यथार्थमा जीवनसँग नजोडिएको साहित्य साहित्य हुन नसक्ने भन्दै रोजगारीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरूको विषय साहित्यमा आउनुपर्ने बताए ।
जनताको जीवनस्तर दिनहुँ कष्टकर हुँदै गएको र तत्काल रोजगारी सिर्जना हुने अवस्था नदेखिएको चर्चा गर्दै उनले वर्तमान आर्थिक चपेटाबाट साहित्यिक क्षेत्र पनि मुक्त हुन नसक्ने उल्लेख गरे । यद्यपि, एआई कृत्रिम बुद्धिमत्ता जस्ता आधुनिक प्रविधिले साहित्यकारका कृतिको प्रचारप्रसार, बजारीकरण र समूहीकृत गर्न सहयोग पुर्याउने भएकाले यसको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्व कविता दिवस मनाइँदै
काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...
'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन
- दुर्बिन शर्मा 'विवेक'
वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोज...
उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण
काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...
छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक
मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा स...



