सोमबार, २९ असार २०८३
नेपाली

'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन

Main News Image


- दुर्बिन  शर्मा 'विवेक'

वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोजना थियोे।

        प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथा सङ्ग्रहको विमोचन गर्दै इन्द्रकुमार श्रेष्ठ सरित् एक समर्पित र अब्बल कथाकार भएको चित्रण गर्नुभएको थियोे ।उहाँले 'बालमनोविज्ञानलाई आत्मसात् गरेर सरित्ले रच्नुभएको 'मेरी छोरी मान्य'उत्कृष्ट बालकथासङ्ग्रह भएको चर्चा गर्दै ती कथाहरूले बच्चालाई जीवन र समाज बुझ्न सहज तुल्याएको उल्लेख गर्नुभएको थियोे।

           विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा रचित 'मेरी छोरी मान्य' मूलत: बालबालिकाको चेतनातह र मनोविज्ञानलाई अठ्ठ्यार रचना गरिएको कृति हो ।यसमा समाजको सौन्दर्य ,गतिविधि र वातावरणलाई बुझाउन खोजिएको छ । त्यहाँ समेटिएका बालकथाहरू प्रायः बालबालिकालाई उत्प्रेरित गर्न सामर्थ्य राख्ने खालका छन् । सरित्को लेखनक्षमता बहुआयामिक विशेषताको रूपमा देखा परेको चित्रण गर्नुभएको थियोे । विशेष अतिथि साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार सरित्को लेखनमा बालमनोविज्ञान चामत्कारित रूपमा आएको बताउनुभएको थियो। 

       साहित्यकार तथा समालोचक डा.छायादत्त न्यौपानेले सरित्को बालकथासङ्ग्रह 'मेरी छोरी मान्य'ले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रोत्साहित गर्न सफल रहेको चर्चा गर्दै समाजमा व्याप्त विकृति र विसङ्गतिविरुद्ध ती कथाले जीवन ,समाज र ज्ञानबिचको तादात्मय बारे आफ्नो दृष्टिकोण राख्नुभएको थियोे।

       आफ्नो विमोचित बालकथा कृति 'मेरी छोरी मान्या'का सर्जक तथा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित्ले बालसाहित्य कुनै खरिदारको टेबलवर्क जस्तो नभई आफू बाँचिरहेको समयमा व्याप्त बालमनोविज्ञानमा आधारित हुनुपर्छ ।जसमा आफूले सामयिक घटना ,पात्र र उद्देश्यलाई सन्तुलित रूपमा मिलाउन सक्नुपर्छ।यो नै समाजपयोगी बालसाहित्य लेखनको मेरुदण्ड बन्ने बताउनु भएको थियोे ।

     कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारका प्रिन्सिपल कृष्णकुमार बहोराले आफूले विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा समेत सक्रिय तुल्याएको बताउनु भएको थियोे । कथाकार सरित्द्वारा रचित 'मेरी छोरी मान्या´बालकथा सङ्ग्रह निकै प्रेरणादायी र पठनीय भएकाले नै विद्यालयले विमोचन तथा समीक्षात्मक कार्यक्रम राखेको बताउनुभएको थियोे ।

      नियमित पठनपाठनबाहेक सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा समेत अब्बल यस राइजिङ बोर्डिङ स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा. रचना नकर्मी लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे । लोकार्पित कृतिमाथि उक्त विद्यालयका विद्यार्थी उत्सान गिरी,स्मृति ,प्रमिशा कँडेल र रिसिका गुरुङले मिहिन ढङ्गबाट कृतिको समीक्षा गर्नुभएको थियोे।साथै, कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गर्नुभएको थियोे ।

mediabaaji add

सम्बन्धित खबर

विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...

तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा

काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्...

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने

काठमाण्डौँ । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ । राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल मदन भण्डारीको जीवन’ लाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको फाउण्ड...

उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण

काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...

खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिता पुरस्कार समर्पण

मिडियाबाजी डटकम,काठमाडाैँ, २०८२ पुस १३ । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी समर्पण गरियाे । 

नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रम...