शुक्रबार, २६ भदौ २०८३
नेपाली

साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह

Main News Image

काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्लेषण गरे । उनले यथार्थमा जीवनसँग नजोडिएको साहित्य साहित्य हुन नसक्ने भन्दै रोजगारीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरूको विषय साहित्यमा आउनुपर्ने बताए ।

जनताको जीवनस्तर दिनहुँ कष्टकर हुँदै गएको र तत्काल रोजगारी सिर्जना हुने अवस्था नदेखिएको चर्चा गर्दै उनले वर्तमान आर्थिक चपेटाबाट साहित्यिक क्षेत्र पनि मुक्त हुन नसक्ने उल्लेख गरे । यद्यपि, एआई कृत्रिम बुद्धिमत्ता जस्ता आधुनिक प्रविधिले साहित्यकारका कृतिको प्रचारप्रसार, बजारीकरण र समूहीकृत गर्न सहयोग पुर्‍याउने भएकाले यसको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।


mediabaaji add

सम्बन्धित खबर

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ,पौष १२। गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईको संगीत रहेको उक्त गीतलाई गाय...

विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !

काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा विभाष लाभले जानकारी दिएका छन् ।

परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्य...

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रका...