एनपिएलः आज विश्राम,भोलि दुई खेल हुने
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।
चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुबै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ ।
मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
खेलाडीको नयाँ वर्गीकरण,पहिलो पटक ‘ए प्लस’ श्रेणी थप
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको नयाँ संरचना सार्वजनिक गरेको छ । सन् २०२५,०२६ को घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूको स...
नेपाल ए ले आज तास्मानियासँग एकदिवसीय खेल खेल्दै
काठमाडौँ । अस्ट्रेलिया रहेको नेपाल ए टिमले तीन एक दिवसीय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले ए ले आज तास्मानियासँग खेल्दैछ भने सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने ता...
पाकिस्तानद्वारा टी-२० विश्वकपको खेल बहिष्कार
काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकपको कम्तीमा एक खेल बहिष्कार गर्ने भएको छ । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीले टी-२० विश्वकपमा फेब्रुअरी १५ मा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।
आइसिसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत...
भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य
काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय न...
क्यानले सार्वजनिक गर्यो वर्षभरिको व्यस्त क्यालेन्डर
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि क्रिकेट गतिविधिहरूले भरिएको विस्तृत वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रति...
एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी मेटलाइफ रंगशालामा भएको खेलमा स्विडेनमाथि ३(० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट च...


