मङ्गलबार, २३ भदौ २०८३
नेपाली

राहत दिँदाको फोटो खिचेर बालबालिकाको पहिचान नखुलाउनू : नेपाल प्रहरी

Main News Image

काठमाडौँ । नेपाल प्रहरीले बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक भइरहेको विषयमा प्रहरीले गम्भीर चासो व्यक्त गर्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकासम्बन्धी सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पर्न सक्ने जनाएको छ । पीडित वा प्रभावित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार तथा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्न र आवश्यक अवस्थामा पहिचान लुकाउन प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै, बालबालिकाको असहाय वा रोइरहेको अवस्था देखाएर सामग्री भाइरल बनाउने, सहानुभूति बटुल्ने वा आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुर । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ । गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध र हाँसलगायतका पक्षीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि सुरक्...

सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज  बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार ग...

हिउँको ठूलो ढिक्का खस्दा तीन पर्वतारोही पुरिए

काठमाडौँ । स्पेनको अरागोन क्षेत्रमा गएको भीषण हिउँपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको छ । उत्तरी स्पेनको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो दुःखद दुर्घटना भएको हो ।

स्पेनको सिभिल गार्डका...

युद्धग्रस्त मध्यपूर्वमा नेपाली श्रमिक जाने क्रम रोकिएन, फागुन महिनामै बाहिरिए ५२ हजार बढी

काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच सरकारले केही देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको भए पनि फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्व...

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना ह...