‘संविधान होइन, चरित्र संशोधन आवश्यक छ’ : प्रा. डा. सुरेन्द्र केसी
मिडियाबाजी डटकम काठमाडौँ , श्रावण ०८ । विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले संविधान संशोधनभन्दा “चरित्र संशोधन” अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रेस क्लबमा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर सामाजिक सञ्जालको दबाबमा खारेज गरेको प्रसंग उठाउँदै अर्थमन्त्रीको औचित्यमाथि प्रश्न उठाए। “पढेलेखेका व्यक्तिले कर नीतिमै गल्ती गर्नु दुःखद हो,” उनले भने।
प्रा. केसीले नयाँ दलाई लामाको घोषणा नेपालमा भए गम्भीर भूल हुने बताए। पृथ्वीनारायण शाहको कालझैँ धार्मिक संवेदनशीलता देखिएको उल्लेख गर्दै हर्क साम्पाङको अभिव्यक्तिले धार्मिक सहिष्णुतामा असर पर्न सक्ने चेतावनी दिए।
उनले आत्मदाहजस्ता घटनाले समस्या समाधान नहुने स्पष्ट पार्दै “आज कुनै नेपालीले नेपालमा भविष्य देखिरहेको छैन” भन्ने धारणा व्यक्त गरे। संघीयतावादी र पहिचानवादी शक्तिहरूलाई जनताले मन नपराएकै कारण उनीहरूको प्रभाव घटेको दाबी गर्दै व्यक्तिवादी चरित्र भएका कारण बालेन शाह सबैभन्दा लोकप्रिय बनेको बताए।
क्षेत्रीय र अन्तर्राष्ट्रिय सन्दर्भमा उनले दक्षिण एसियामा शक्ति सन्तुलन खलबलिन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गरे। भारतमा देखिएको “कक्रोच विद्रोह” शक्तिराष्ट्रहरूको चलखेल हुन सक्ने उनको अनुमान थियो। साथै, एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाइएको विषय भ्रम हो कि भारतप्रति झुकाव हो भन्ने अझै स्पष्ट हुन बाँकी रहेको बताए। प्रा. केसीले चीनसँगको सम्बन्धमा पनि नेपालले अनावश्यक रूपमा तनाव सिर्जना गर्नु बुद्धिमानी नहुने उल्लेख गर्दै “चीनलाई जिस्काएर नेपालले काल खोजिरहेको हो कि भन्ने प्रश्न उठेको छ” भने।
एक्सप्रेस
सम्बन्धित खबर
सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !
रुषा थापा_________
भक्तपुर । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन्–पछिल्लो एक महिनामै सयौं गुणा महँगी बढिसक्यो ।...
आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?
एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
काठमाडौँ फागुन १८। रङहरूको पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् ।
होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा
मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्...
पत्रिका डुबाउन मिडिया हाउसदेखि स्टेशनरी सक्रियः पत्रकार समाचार नखोज्ने, स्टेशनरी पसले पढ्नै नदिने !
अनुसा थापा_______
भक्तपुर । गरिब, आर्थिक अवस्था कमजोर र पैसा नभएकाहरु स्वास्थ्य, शिक्षाबाट मात्र नभई पत्रिका पढ्नबाट पनि वञ्चित हुनुपर्ने अवस्था आएको छ । स्टेशनरी पसलेहरुले पैसा नभएकालाई पत्रिका हेर्न पनि दिँदैनन् । बिहान पत्रिका आउने...
जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल
जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...



