बिहिबार, ०७ जेठ २०८३
नेपाली

आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?

Main News Image

एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी बिहेभएर नौडाडा काटिसक्नु भयो । घरमा बुबा, आमा र म तीन जनाको परिवार । घरमा कमाउने भनेको बुबा मात्रै हुन् । म भरखर ७ कक्षामा पढ्दै गरेको अनि आमा मेरै हेरबिचार, घरमा खाना पकाउने अनि बस्तुभाउ पनि हेर्नुपर्ने बाध्यता । बुवाबिना हाम्रो भान्छा नै चल्दैन थियो ।

अहिले बुबा बिरामी भएको एक हप्ता हुनै लाग्यो । तर ज्वरो बिसको उन्नाईस भएन । औषधी नखाएको हैन, डाक्टर, धामी झाँक्री सबैतिर देखाएपनि रोग निकै भएन । मेरो पढाई चलिरहेकाले म बिहान स्कुल जान्थे । बेलुका मात्र घर आईपुग्थे । दिनभरी बुबाको हेरबिचार मेरी आमाले गर्दै आउनु भएको थियो ।

दिनहरु बित्दै गए, बुबालाई लागेको रोग पनि केहि कम भएर आयो । अहिले बुवा घरका सानातिना काम गर्नुहन्छ । आमालाई सघाउनुहुन्छ । म बिद्यालयबाट फर्केपछि बुबाले खाजा बनाई दिनुहुन्छ, आमा भैसिलाई घाँस, पानी दिनुहुन्छ । अनि सबै मिलेर खाजा खान्छौँ । यो मेरो अहिलेको दैनिकी हो । बुबा, आमा मलाई धेरै पढाउने सपना देख्नुहुन्छ । अनि म जहिले भन्ने गर्छु तपाईहरुको सपना पुरा गर्छु ।

मेरो कक्षा १२ को अन्तिम परिक्षा पनि सकियो । अब केहि महिना बिदा भयो । हामीले घुम्न जाने निधो गर्यौ । सबैको सल्लाहमा मनकामना जाने कुरामा सहमती भयो । बिहानैको बस टिकट काटेर हामी मनकामना दर्शनतिर लाग्यौँ । करिव ७ घण्टाको बसको यात्रापछि मन्दिरमा पुग्यौ । बिल्कुलै सुन्दर मन्दिर, हराभरा ठाउँ, मन्दिर पुरै दर्शनपछि एउटा फोटो पनि खिचियो अनि खाना खाएर घर फर्कियौँ ।

त्यसको ठिक ३ महिनापछि दसैँ आयो । दसैँमा गाउँभरी मान्छेहरु आएका थिए । नयाँ मान्छेहरु, नयाँ लुगा साच्चै दसैँ उल्लास बोकेर आएको थियो । दसैँमा टिका लगाउन मामाघर, आफन्त सबै ठाउँमा हामी गयौँ । त्यस लगत्तै तिहार पनि आयो । दिदीको हातबाट टिका लगाएँ । तिहार पनि कम्तिको रमाईलो भएन । अहिले सम्झदा पनि एक्लै हाँसुँ झै लाग्छ । समय बितेको पत्तै भएन । मेरो पढाई पनि चल्दै थियो । मैले १२ कक्षापछि साईन्स लिएर पढ्न थालेको छु । अहिले पढाईलाई धेरै समय दिने गरेको छु ।

एक दिनको कुरा हो, म बिद्यालयबाट घर फर्किदै थिए । घरमा धेरै मान्छेहरु जम्मा भएका थिए । म हत्तपत्त घरमा घए । त्यहाँ मेरा बुवा खाटमा बसिरहनुभएको थियो । बुबा एक्कासि रिँगटा लागेर ढल्नु भएछ । अहिले ठिकै छ । एक पटक अस्पतालन लैजाने सबैको सल्लाहमा बुबालाई लिएर गए । फेरी उहि पुरानो बेथा बल्झिएछ । ज्वरो, दम पनि देखिएछ । अहिले बुबवालाई घरमै आराम गर्नु भनेर डाक्टरले भनेको छ । बुवा सधैँजसो खोकेर पिँढिमा बसिरहनुहुन्छ । आमा पनि बुवाको चिन्ताले साह्रै दुब्लाउनु भएको छ । बुबाको हेरबिचार आमा एक्लैले गर्नै नसक्ने हुनुभएको छ । मेरो खाँचो घरमा देखिन थाल्यो । बिहान बेलुका नै घरमै बसेर पढाइको सम्भावना थिएन । जसरी पनि पढ्नु थियो ।

अचेल स्कुल जाने गरेकै छैन । कहिलेकाँही जान्छु, चाँडै फर्किएर आउँछु । यहि दैनिकी बनेको छ मेरो । घर परिवारको चिन्ता, आफ्नो भबिष्यको चिन्ताले कहिलेकाही भक्कानिएर रुन मन लाग्छ ।

रुँदै गर्दा सानो छँदा आमाले भनेको कुरा याद आउँछ । छोरा मान्छे भएर रुनुहुन्छ त ? छोरी मान्छे जस्तो जतिखेर पनि आँशु खसालिहाल्नु पर्छ त ? यी कुराहरु कसरी पत्ता लगाउने ? बुझ्नै सकिन । छोरा मान्छे रुदैनन् भनेको कुरा कहाँ सत्य छ ? कतिपल्ट सिरकभित्र टाउको लुकाएर बाबा नै रोएको मैले थाहा पाएको छु । घरपरिवारको चिन्ता, आफ्नै चिन्ताले गर्दा बुबा पनि अहिले आँशु खसालिरहनुहुन्छ । एक पटक फेरी आमालाई सोध्न मन छ आमा, छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?

रुन पनि नपाईने मेरो समाज । आज निन्दै्र लागेको छैन । रात धेरै छिप्पिसकेको छ । पहिले सुनेका ति कुराहरु अहिले सत्यतामा सावित भईरहेको छ । चिच्याएर रुन मल लागीरहे छ । बुबाको बेथा सबै निको हुने भए गाउँ समाजले नै सुन्नेगरि रोईदिन्थे । जहाँ छोरा मान्छे जिवनमा कहिल्यै रुँदैनन् भन्छन् । उनीहरुको मुटु कठोर हुन्छ भन्छन् । बाबाको रोग निको भए सबै सामु रोईदिन्थे । त्यो आँट म सँग छ ।

समस्या हटेन । अहिले बुबा जिवनको अन्तिम अबस्थामा हुनुहुन्छ । उहाँलाई भेट्न आफन्तहरु आएका छन् । बुबा बोल्नै नसक्ने हुनुभएको छ । अहिले साह्रै चिन्ता बढेको छ । आमाको मन पनि कम्ति भारी छैन । तर सबैको अगाडी अरुले गर्ने ब्यबहार नै मैले देखाईदिए ।

अन्नतत स् बुवाले यो धर्ती छोडेर जानुभयो । मैलै केहि सोच्नै सकिन । बाल्यकालमा डोराएका ती हातहरु, क,ख रा सिकाएका मैले झल्झल्ती सम्झीरहेको छु । आज तेह्रौ दिन । सबै काम सक्काएर पिढिँमा टुसुक्क बसे । आमा पनि सँगै हुनुहुन्छ । घर ब्यबहार चलाउने चिन्ता अब काँधमै आयो । अब पढ्न जाउँ वा काम गरु ? एक बिकल्प रोज्नुपर्ने भयो ।

खेतबारीको काम सकेर दिउँसो घर आउँदा ढोकामा झुन्डाएर राखेको मनकामनाको फोटोले मुटु चिसो बनाउँछ । दायाँ आमा र बिचमा म छु, छेउमा बुबा हुनुहुन्छ । सधैजसोगरि त्यो फोटोलाई हातले बिस्तारै मुसारे । हिक्का छुट्नेगरि रुन मल लाग्यो । तर धैर्य गरेँ । मेरा यी बानी आमाले जहिल्यै हेरीरहनुहुन्छ । उहाँ केहि बोल्नुहुन्न । लाग्छ सम्झाउने धैर्यता उहाँमा पनि छैन । हो, यस्तै गरि बितिरहेछ अहिलेको जीवन ।

घरको सुख, दुख सबै टार्दै गएँ । पढाई पनि सकियो । जेनतेन पढाई सकाए । अहिले सानो चप्पल कारखानामा काम गर्छु । पढाईमा साईन्स थियो तर घरको वातावरणले म जुत्ता पसलमा काम गर्दैछु ।  आमा घरको काम गर्नुहुन्छ । अहिले बुबा बितेको ५ बर्ष भईसकेको छ । बुबा सधैँगरी सपनामा आउनुहुन्छ । अनि नआत्तिकन काम गर्न प्रेरणा दिनुहुन्छ । धेरै दुख, कष्ट सहेर हामीलाई यहाँसम्म ल्याएको कुरा म सपनामा देख्ने गर्छु । कहिलेकाही सपनामा आएको कुरा आमालाई भन्दा रुनुहुन्छ । बिहानै उठेर आमाले भनेअनुसार नै पानी दिने गरेको छु ।

एकान्तमा बुवाको याद धेरै आउँछ, अचेल आमासँगै दिन बिताउँछु । दिउँसो काममा जाने गरेको छु । अब छिट्टै बिहे गर्ने कुरा पनि घरमा चलिरहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

‘राजनीति अयोग्यहरूको गुटले खेल्ने खेल हो ‘- सुरेश आचार्य (समाजसेवी)

काठमाडौँ । धादिङ जिल्लाको धुनिबेसी नगरपालिका ६ ,मा वि सं२०२९ मा जन्मनुभएका सुरेश आचार्य सानै उमेरदेखि राजनीतिप्रति सचेत हुनुहुन्छ ।  किशोर अवस्थामा विभिन्न सामाजिक कामहरूमा अग्रसर रहेर पछ...

शिक्षा, खेलकुद र उद्यमशीलता : जिम्मेवार युवाबाट समृद्ध समाजको आधार

मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपालका युवा आज इतिहासको निर्णायक मोडमा छन्। देशमा अवसरको कमी, वैदेशिक रोजगारीको आकर्षण र राजनीतिक अस्थिरताबीच पनि केही युवाहरू जिम्मेवार सोच, परिश्रम र नेतृत्वका माध्यमबाट नयाँ आशा बोके...

जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल

 जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...

सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !

रुषा थापा_________

भक्तपुर । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन्–पछिल्लो एक महिनामै सयौं गुणा महँगी बढिसक्यो ।...

गाउँघरमा घट्दो कृषि जैविक विविधता र बढ्दो खाद्य सुरक्षाको चिन्ता

काठमाडौँ । “यसपाली कोदो कति फल्ने होला आमा ?”
” कहाँ बाबु! बिउ मासिएको त भयो दुई चार वर्ष ।”
“गहुँ त सर्लक्कै हराएर गयो नी! बजारको बिउ एक वर्ष छोडेर अर्...

भोगीको दार्शनिक पथ ! भोग दर्शन !

© निर्मल पुरी 'भोगी' 

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित...