प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे।
परिषद्को उक्त निर्णयको विरुद्ध प्राडा वासुदेव त्रिपाठीलगायत ११ जना आजीवन प्राज्ञ सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा यस अघि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर मिति २०८२ चैत १ गतेका दिन माननीय न्यायाधीश मनोजकुमार शर्मा र माननीय न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासबाट उक्त रिट निवेदन खारेज भएको छ।
दोहोरो सुविधा भत्ता लिँदै आएका ११ जना आजीवन सदस्यहरु यसप्रकार छन् ।
१. प्रा.डा वासुदेव त्रिपाठी ,
२. प्रा. डा. चूडामणि बन्धु रेग्मी,
३. गङ्गाप्रसाद उप्रेती,
४. प्रा. डा. योगेन्द्रप्रसाद यादव,
५. तीर्थबहादुर श्रेष्ठ ,
६ आर. डी. ‘प्रभास’ चटौत (राजेश्वरीदत्त चटौत) ७. अशेषकुमार मल्ल,
८. डा. धुवचन्द्र गौतम,
९. तोया गुरुङ,
१०. तुलसीप्रसाद जोशी (तुलसी दिवस) ११.शशीविक्रम शाह
परिषद्ले निर्णय गरेको ३ वर्षपछाडी भएको अदालतको फैसला अनुसार अब उपरान्त ती आजीवन सदस्यहरूलाई दोहोरो सुविधा पाउने गरी प्रज्ञाप्रतिष्ठानले भत्ता प्रदान गर्नुपर्ने छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनबाट सांस्कृतिककर्मी तथा कवि भीम कुमाखी संयोजक र अष्ट लामा सहसंयोजकमा चयन हुनुभएको छ । सम्मेलनले ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति तथा ४५ सदस्यीय प्राज्ञिक परा...
उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना
काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था स...
हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।
बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...
पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट
चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छ...
उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण
काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...
फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न
पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ।
‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त...



