उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना
काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था संखुवासभामा पुस्तकालयको निम्ति अभियन्ता उपन्यासकार राजकुमार राईले प्रदान गरेका हुन् । पुस्तकालय उद्घाटन गर्दै राजकुमार राईले नेपालमा गाँउ सहरमा टोल टोलमा विकास समितिहरूका ठुला ठुला भवन निर्माण भएको छ तर सही सदुपयोग भएको देखिएन । शैक्षिक संस्थाहरूमा पुस्तकालय स्थापना गर्दै आएकोमा अब कारागार र टोल विकास समितिहरूमा पनि पुस्तकालय स्थापना गरिने योजना भएको बताए ।
पुस्तक विद्यार्थीले मात्र पढ्न पर्ने अरूले पढ्न नपर्ने भन्ने गलत सोचाइ छ पुस्तक किसान मजदूर व्यापारी कर्मचारी नेता पत्रकार बालबालिका युवा प्रौढ़ सबैले पढ्न जरूरी छ । पुस्तकालय अनेक विषयको ज्ञानको भण्डार हो । फुर्सदमा रक्सी भट्टी तास अड्डा चिया पसल जमघट हुन छोडेर टोलमा पुस्तकालयमा ज्ञान गुनका कुरा गर्ने संस्कृतिको विकास हुनेछ ।
शिक्षा स्वास्थ्य, प्रविधि ,कृषि, साहित्य इतिहास रूचीको पुस्तक पुस्तकालय मा पढ्न सकिन्छ ।विकसित देशहरू ॐमा पुस्तक पढ्ने संस्कृति भएको ले उनिहरू हामी भन्दा अगाडि भएका हुन् । हामी कहाँ स्कुल कलेज पछि पढ्ने संस्कृति छैन । शिक्षक कर्मचारी नेताहरूमा समेत कमैले पढेको देखियो। बौद्धिक चेतना विनाको समाजले विकास हुदैँन ।शिक्षाको प्रमाण पत्र मात्र वितरण गरी रहेका छन् । शिक्षा वितरण गरी रहेको छैन ।
पुस्तकालय विहिन शिक्षा अधुरो रहन्छ । ज्ञान र सिप विनाको शिक्षाले व्यक्ति समाज देश को विकास हुन सकेन । कर्मचारी र नेताहरूमा बौद्धिक क्षमताको आभावले गर्दा देश ले गति लिन नसकेको हो ।पुस्तकालयबाट अनेक विषयका ज्ञान प्राप्त गर्न सकिन्छ । पठन संस्कृतिको विकास हुन्छ। बालबालिकामा पठन विकासमा टेवा पुग्ने गर्दछ। इन्टरनेटको जमानामा पुस्तकालय भन्ने हचुवा तर्क उठेको छ । विकसित मुलुकहरूमा शिक्षालय टोलटोलमा पुस्तकालयमा पाठकहरूको घुइँचो वृद्धि भईरहेछ । लेखक हरू सहरमा भेला भएर पुस्तक बिक्री हुन्न पाठक छैन भनेर रूवाबासीको गर्छन् । पाठक वृद्धि गर्न गाँउ गाँउमा पुग्नु पर्छ एकेडमीमा खेजेर हुन्न ।
उनी भन्छन् ” आफूले पसिना बगाएको रकमले पुस्तक खरिद गरेको छु केही पुस्तक सकारात्मक सोचका धनी साहित्यकार समाजसेवीहरूबाट पनि पुस्तकालय अभियानलाई पुस्तक सहयोग गरेका छन् । पुस्तकको सदुपयोग हुन्छ विश्वास लिएको छु समाजमा बौद्धिक टेका पुगोस् भनेर मन्तव्य प्रकट गरेका थिए।” कार्यक्रममस टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर गुरूङले सभापतित्व ग्रहण गर्दै पुस्तकालय व्यावस्थापनमा पूर्ण ध्यान दिने भन्दै पुस्तक दाताहरूलाई धन्यवाद दिए र प्रमुख अथिति वडा अध्यक्ष अनिल राईले पुस्तकालय को विकासमा वडाले सहयोग गर्ने बताए। वडा सदस्य पृथ्वीमान राईले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन जय राम गुरूङ र स्वागत मन्तव्य सुन्दर गुरूङले राखेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे। ...
खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिता पुरस्कार समर्पण
मिडियाबाजी डटकम,काठमाडाैँ, २०८२ पुस १३ । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी समर्पण गरियाे ।
गिरीको गजल ऋण लागेपछि !
बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि
गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि
जन्म घर , माया मोह र बुढी आमा छोडेर
रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि
घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...
इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...
पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !
मिडियाबाजी डटकम,पोखरा ।
• नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियो...
तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण
काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप के...



