शनिबार, २७ भदौ २०८३
नेपाली

पहिलोचोटि नेपाल प्रज्ञा-प्रतिष्ठान 'प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी'सहित दार्चुलामा सम्पन्न

Main News Image

दुरबिन शर्मा विवेक

मिडियाबाजी डटकम, काठमाडौँ। २०८२ चैत ७ गते , शनिबार दार्चुला ,खलङ्गामा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या' विषयक कार्यक्रम दार्चुलाको पहिलोपटक प्रज्ञा-प्रतिष्ठान साहित्य( पद्य / काव्य विभाग ) को आयोजना र स्थानीय संस्था 'मानसखण्ड गुरुकुल'को सहआयोजनामा भव्यतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा महाकाली नगरपालिका दार्चुला,डिलासैनी गाउँपालिका बैतडी ,अपि हिमाल गाउँपालिका दार्चुला र राष्ट्रिय संरक्षण अभियान सहयोगी भूमिकामा रहेको थियोे । प्रमुख अतिथि कुलपति राईले ब्यानर वाचन गरेर दार्चुला बहुमुखी क्याम्पसको सभाकक्ष खल‌ङ्गा बजारमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।यसै क्रममा कुलपति राईले 'सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान´भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालको दुरदराजमा रहेको खलङ्गा बजारमा आएर 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी'पहिलोचोटि आयोजना भएकामा गौरवबोध भएको छ । सबै भाषा र जातजातिको साझा थलोको रूपमा विकास गर्दै भौगोलिक विभेद ,जर्जर मान्यता र जडताविरुद्ध प्रज्ञा-प्रतिष्ठानलाई गाउँ-गाउँसम्म पुर्याएर प्राज्ञिक सचेतता फैल्याउनमा आफू उद्धत रहेको उहाँले बताउनु भएको थियोे ।साथै, ६८ वर्ष लामो इतिहास बोकेको प्रज्ञा-प्रतिष्ठानको अवस्था अहिले पनि ओझेलमै रहेकाले`विद्यालयमा कुलपति' कार्यक्रमआयोजना गर्नुपरेको बताउनु भएको थियोे ।सुदूरपश्चिम प्रदेशमा

 डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर लगायतका विभिन्न मातृभाषा छन्। यी सबै भाषा र तिनका साहित्य ,संस्कृति र इतिहासको जगेर्ना गर्न प्रज्ञा-प्रतिष्ठानको दायित्वभित्र पर्ने कुरामा कुलपति राईले जोड दिनुभएको थियोे ।साथै यहाँका स्थानीय मातृभाषामा कविता सुन्न पाउँदा आफूलाई 'सबै भाषा :सबै ज्ञान सबैको प्राज्ञ प्रतिष्ठान´भन्ने उद्घोषक सार्थक भएको विचार प्रकट गर्नुभएको थियोे ।

       विशेष अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठीले यस प्रदेशका सबै जिल्ला ,पालिका र गाउँ समेतलाई समेटेको बताउँदै केन्द्रीय राजधानी काठमाडौँको पहुँचभन्दा निकै टाढा रहेको दार्चुलाको खलङ्गामा कार्यक्रम गर्न प्रज्ञा-प्रतिष्ठान आएको छ।यसले अवश्य पनि सुदूरपश्चिम प्रदेशका प्रतिभालाई उजागर गरी प्रोत्साहित गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको थियोे ।उहाँले यस क्षेत्रको पहिचान ,संस्कृति ,भूगोल र जातीय अस्तित्व आदि विषयलाई सङ्गोष्ठीले उजागर गर्ने बताउनु भएको थियोे । नारी सर्जकहरू आफ्नै कठिनाइका बिच पनि काव्य लगायतका विधामा योगदानारत छन् ।तिनको समुचित मूल्याङ्कन हुनेमा आफू विश्वस्त रहेको र सक्दो साथ र सहकार्यमा तत्पर रहिरहने बताउँदै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्राज्ञ बस्नेतले प्रकाश पार्नुभएको थियोे ।

    दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिं चैसुर,दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, दार्चुला जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लगायतका अतिथिहरूले शुभकामना मनतव्य प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठान कुलपति सचिवालयका कर्मचारी सदस्य तथा कवि राधा कार्की दुलाल लगायतको उपस्थिति रहेको थियो।

    सुदूरपश्चिम प्रदेशका कविहरूद्वारा नेपाली ,डोट्याली, अछामी, बैतडेली लगायतका मातृभाषामा कविता प्रस्तुत गरिएको थियोे।कविता वाचन गर्न कञ्चनपुर, अछाम , डोटी, बैतडी, डडेलधुरा ,दार्चुला र कैलाली लगायतका जिल्लाबाट नारी कविहरूको उपस्थिति रहेको थियोे ।

mediabaaji add

सम्बन्धित खबर

लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण

काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडक...

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड

काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएक...

'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन


- दुर्बिन  शर्मा 'विवेक'

वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोज...

नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा

काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...

नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रम...

गिरीको गजल ऋण लागेपछि !

बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि

गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि


जन्म घर , माया मोह र बुढी आमा छोडेर 

रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि


घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...