पहिलोचोटि नेपाल प्रज्ञा-प्रतिष्ठान 'प्रज्ञा-नारी काव्य सङ्गोष्ठी'सहित दार्चुलामा सम्पन्न
दुरबिन शर्मा विवेक
मिडियाबाजी डटकम, काठमाडौँ। २०८२ चैत ७ गते , शनिबार दार्चुला ,खलङ्गामा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या' विषयक कार्यक्रम दार्चुलाको पहिलोपटक प्रज्ञा-प्रतिष्ठान साहित्य( पद्य / काव्य विभाग ) को आयोजना र स्थानीय संस्था 'मानसखण्ड गुरुकुल'को सहआयोजनामा भव्यतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा महाकाली नगरपालिका दार्चुला,डिलासैनी गाउँपालिका बैतडी ,अपि हिमाल गाउँपालिका दार्चुला र राष्ट्रिय संरक्षण अभियान सहयोगी भूमिकामा रहेको थियोे । प्रमुख अतिथि कुलपति राईले ब्यानर वाचन गरेर दार्चुला बहुमुखी क्याम्पसको सभाकक्ष खलङ्गा बजारमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।यसै क्रममा कुलपति राईले 'सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान´भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालको दुरदराजमा रहेको खलङ्गा बजारमा आएर 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी'पहिलोचोटि आयोजना भएकामा गौरवबोध भएको छ । सबै भाषा र जातजातिको साझा थलोको रूपमा विकास गर्दै भौगोलिक विभेद ,जर्जर मान्यता र जडताविरुद्ध प्रज्ञा-प्रतिष्ठानलाई गाउँ-गाउँसम्म पुर्याएर प्राज्ञिक सचेतता फैल्याउनमा आफू उद्धत रहेको उहाँले बताउनु भएको थियोे ।साथै, ६८ वर्ष लामो इतिहास बोकेको प्रज्ञा-प्रतिष्ठानको अवस्था अहिले पनि ओझेलमै रहेकाले`विद्यालयमा कुलपति' कार्यक्रमआयोजना गर्नुपरेको बताउनु भएको थियोे ।सुदूरपश्चिम प्रदेशमा
डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर लगायतका विभिन्न मातृभाषा छन्। यी सबै भाषा र तिनका साहित्य ,संस्कृति र इतिहासको जगेर्ना गर्न प्रज्ञा-प्रतिष्ठानको दायित्वभित्र पर्ने कुरामा कुलपति राईले जोड दिनुभएको थियोे ।साथै यहाँका स्थानीय मातृभाषामा कविता सुन्न पाउँदा आफूलाई 'सबै भाषा :सबै ज्ञान सबैको प्राज्ञ प्रतिष्ठान´भन्ने उद्घोषक सार्थक भएको विचार प्रकट गर्नुभएको थियोे ।
विशेष अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठीले यस प्रदेशका सबै जिल्ला ,पालिका र गाउँ समेतलाई समेटेको बताउँदै केन्द्रीय राजधानी काठमाडौँको पहुँचभन्दा निकै टाढा रहेको दार्चुलाको खलङ्गामा कार्यक्रम गर्न प्रज्ञा-प्रतिष्ठान आएको छ।यसले अवश्य पनि सुदूरपश्चिम प्रदेशका प्रतिभालाई उजागर गरी प्रोत्साहित गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको थियोे ।उहाँले यस क्षेत्रको पहिचान ,संस्कृति ,भूगोल र जातीय अस्तित्व आदि विषयलाई सङ्गोष्ठीले उजागर गर्ने बताउनु भएको थियोे । नारी सर्जकहरू आफ्नै कठिनाइका बिच पनि काव्य लगायतका विधामा योगदानारत छन् ।तिनको समुचित मूल्याङ्कन हुनेमा आफू विश्वस्त रहेको र सक्दो साथ र सहकार्यमा तत्पर रहिरहने बताउँदै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्राज्ञ बस्नेतले प्रकाश पार्नुभएको थियोे ।
दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिं चैसुर,दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, दार्चुला जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लगायतका अतिथिहरूले शुभकामना मनतव्य प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठान कुलपति सचिवालयका कर्मचारी सदस्य तथा कवि राधा कार्की दुलाल लगायतको उपस्थिति रहेको थियो।
सुदूरपश्चिम प्रदेशका कविहरूद्वारा नेपाली ,डोट्याली, अछामी, बैतडेली लगायतका मातृभाषामा कविता प्रस्तुत गरिएको थियोे।कविता वाचन गर्न कञ्चनपुर, अछाम , डोटी, बैतडी, डडेलधुरा ,दार्चुला र कैलाली लगायतका जिल्लाबाट नारी कविहरूको उपस्थिति रहेको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई
चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...
विश्व कविता दिवस मनाइँदै
काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...
खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिता पुरस्कार समर्पण
मिडियाबाजी डटकम,काठमाडाैँ, २०८२ पुस १३ । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी समर्पण गरियाे ।
कवि तेजप्रकाश श्रेष्ठको नयाँ कृति ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक
काठमाडौँ। अग्रज साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक गरिएको छ । ठमेलस्थित चिवहालमा आयोजित कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा।डा। कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र...
उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण
काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...
रहेनन् वरिष्ठ कलाकार सुनिल थापा
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मिडियाबाजीलाई जानकारी दिए ।
थापा लामो समयदेखि नेपाली...



