सोमबार, २९ असार २०८३
नेपाली

इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !

Main News Image

दुर्बिन शर्मा 'विवेक'

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

     प्रा.डा. सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. वीणा पौडेलले “बाबुराम आचार्य र नेपालको इतिहास” विषयमा प्रवचन प्रस्तुत गर्नुभएको थियो । प्रवचनमा आचार्यले नेपालको इतिहास अनुसन्धान, लेखन तथा दस्तावेजीकरणमा पुर्‍याएको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठले टिप्पणी प्रस्तुत गर्दै बाबुराम आचार्यले नेपाली इतिहास लेखनको क्षेत्रमा पुर्‍याएको योगदान र त्यसको समकालीन महत्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्वान, अनुसन्धानकर्ता, इतिहासप्रेमी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहनुका साथै कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ परिषद्का सदस्यहरूको वाक्लाे उपस्थिति रहेको थियो 

      कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपाली इतिहासको अध्ययन, अनुसन्धान र दस्ताबेजीकरणमा पुर्‍याएको योगदान अमूल्य रहेको बताउनुभयो । उहाँले आचार्यका कृतिहरूले नेपाली इतिहासको वास्तविक स्वरूप उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहास अध्ययनतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो ।

    त्यस्तै, कार्यक्रमका सभापति प्रा.डा. सुरेन्द्र केसीले बाबुराम आचार्य नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँका अनुसन्धान र लेखनले नेपालको इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न ठूलो योगदान पुर्‍याएको बताउनुभयो । उहाँले इतिहासको अध्ययनलाई अझ गहिरो र प्रमाणमा आधारित बनाउन आचार्यका कृतिहरू आज पनि मार्गदर्शक रहेको धारणा व्यक्त गर्नुभयो ।

     सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्वका रूपमा परिचित इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको इतिहासको खोज, अध्ययन र अभिलेखीकरणमा पुर्‍याएको योगदान अतुलनीय रहेकाे बताउनु भयाे । सुवेदीले इतिहासशिराेमणि बाबुराम आचार्यको जन्मजयन्तीको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा इतिहासप्रतिको रुचि बढाउने विश्वास व्यक्त गर्नु भयाे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहासलेखनमा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियोे । कार्यक्रमको सहजीकरण इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव श्री बाबुराम आचार्यले गर्नुभएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रका...

पहिलोचोटि नेपाल प्रज्ञा-प्रतिष्ठान 'प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी'सहित दार्चुलामा सम्पन्न

दुरबिन शर्मा विवेक

मिडियाबाजी डटकम, काठमाडौँ। २०८२ चैत ७ गते , शनिबार दार्चुला ,खलङ्गामा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूर...

उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना

काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट   स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था स...

'कविता एन्ड द कप'मा कविहरू !

मिडियाबाजी डटकम काठमाडौँ ।

  • बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।

    •यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पाद...

उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण

काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...

स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण

काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जा...