शनिबार, ०२ साउन २०८३
नेपाली

सरकार र जेनजीबीच लिखित सम्झौता हुने : संयोजन गर्दै प्रधानमन्त्रीका सल्लाहकार

Main News Image

काठमाडौँ । जेनजी आन्दोलनका माग र मुद्दाहरू कार्यान्वयनका लागि सरकार र जेनजी समूहबीच लिखित सम्झौता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हस्ताक्षरका तयारी तीव्र भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार २०६३ सालको विस्तृत शान्ति सम्झौताजस्तै २०८२ मा आन्दोलनकारी र राज्यबीच लिखित समझदारी गर्न लागिएको हो। हाल विभिन्न जेनजी समूहहरूसँग अनौपचारिक छलफल भइरहेको र छिट्टै औपचारिक वार्ता गरी मस्यौदालाई अन्तिम रूप दिन सरकारले तयारी गरिरहेको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेनजीहरूसँगको संवादको संयोजन गरिरहेका छन् । सरकारले आठ वटा जेनजी समूहसँग औपचारिक वार्ता गर्ने तयारी गरेको छ । वार्ता सफल भए राष्ट्रपतिको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिनेछ।

यसअघि २५ असोज र ३० असोजमा राष्ट्रपति भवन शीतल निवासमा सरकार र जेनजीबीच दुई चरणमा छलफल भएको थियो। छलफलमा आन्दोलनकारीहरूले आफूहरूलाई आतङ्ककारी भन्न थालिएको भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरूले आन्दोलनको वैधता र बलिदानको सम्मानका लागि लिखित सम्झौता आवश्यक भएको जोड दिएका थिए । राष्ट्रपति पौडेलले आन्दोलनले राजनीतिक परिवर्तनको वैधता पाइसकेको बताउँदै सहभागीहरूलाई आश्वस्त गराएका थिए । उनले प्रधानमन्त्री कार्कीको नेतृत्वलाई आन्दोलनको ठूलो उपलब्धि भन्दै सरकार आन्दोलनका मागप्रति इमानदार रहेको बताएका थिए।

mediabaaji add

सम्बन्धित खबर

कांग्रेसको सभापति पदका लागि ३ जनाले लिए उम्मेदवारी मनोनयन फाराम

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ताका लागि ३ जनाले उम्मेदवारी मनोनयन फाराम लिएका छन् । विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३स्२५ बजेसम्म सभापतिका लागि ३ फाराम वितरण भएको जानकारी दिएको हो ।

अहिलेसम्म विभिन्न फरक परक...

रास्वपाको बहुमत नआए भ्रष्टाचारी खुसी हुन्छन् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने ले रास्वपाले बहुमत नल्याए सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका लामिछानेले पाँच वर्षको स्थायी सरकारका लागि घण्टी चुनाव चिह्नमा...

शान्ति सम्झौताका दुई दशक पूरा, अझै न्यायको पखाईमा पीडित

काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच शान्ति सम्झौता भएको दुई दशक पूरा भएको छ । ५ मंसीर २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भयो । संक्रमणकालीन न्यायका लागि...

पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

मतपत...

मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् । हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेल...

प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ । आजको बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नेदेखि नयाँ विधेयकमाथि छलफल गर्नेसम्मको कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदी...