बिहिबार, ०७ जेठ २०८३
नेपाली

खेलकुद

Main News Image

भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य

काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी छन् । 

दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् । ‘बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ’, नरेशले भने, ‘हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।’

कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाइरहेका छन् । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् । एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उनका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निर्वाह गर्न सक्छन् । 

घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका ७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको  छ । नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीनरतीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गरे । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन् ।


भारत तेस्रो पटक टी–२० विश्वकप च्याम्पियन

काठमाडौँ । आयोजक भारतले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक टी–२० विश्वकप...

भारत टी–२० विश्वकपको फाइनलमा, इङ्गल्याण्ड ७ रनले पराजित

काठमाडौँ । आयोजक भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतको मुम्...

मध्यपूर्वको तनावले स्थगित भयो नेपालमा हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंख...

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाए...

टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका

काठमाण्डौँ । आइसिसी टी २० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन् ।...

टी-२० विश्वकप : न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको स...

काठमाण्डौँ । जारी टी-२० विश्वकपअन्तर्गत सुपर ८ को महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बन...

टी–२० विश्वकपमा आज श्रीलंका–इङ्गल्याण्ड तथा भारत–दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपमा शनिबारदेखि सुपर आठका खेलहरू शुरू भएका छन् । शनिबारको पहिलो खेल नतिजाविहीन भएक...