खेलकुद
१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउट चरणमै टुङ्गिएको छ ।
अमेरिकाको डलासस्थित खेलमैदानमा भएको उक्त खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक रणनीति अपनाएका थिए। निर्धारित ९० मिनेटको समयसम्म दुवैतर्फबाट निकै प्रयास भए पनि कुनै पनि पक्षबाट गोल हुन सकेन। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिँदै गर्दा दोस्रो हाफको इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। खेलभरि बल पोजेसन र आक्रामक मुभमा अब्बल देखिएको स्पेनका लागि मेरिनोको यही प्रहार नै निर्णायक साबित भयो।
यो जित स्पेनका लागि निकै ऐतिहासिक र महत्वपूर्ण बनेको छ। स्पेन १६ वर्षको लामो प्रतीक्षापछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो। यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा पहिलो पटक च्याम्पियन बनेयता स्पेन त्यसपछिका संस्करणहरूमा क्वाटरफाइनलसम्म पनि पुग्न सकेको थिएन।
ताजा समाचार
नर्वेसँग पराजित भएपछि नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तिम १६को खेलमा नर्वेसँग २,१ गोल अन्तरले पराजित भएसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यस स्तब्ध...
विश्वकपमा दिग्गज खेलाडीलाई पछि पार्दै एमबाप्पेले बनाए यस्तो कीर्तिमान
काठमाण्डौँ । फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर केलियन एमबाप्पेले फिफा विश्वकपको नकआउट चरणमा इतिहासकै सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन...
पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा
काठमाण्डौँ । पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न राउन्ड...
विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६...
एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणम...
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी मेटलाइफ रंगशालामा भएको खेलमा स्विडेनमाथि ३(० को सहज जित निकाल्...
उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्...
काठमाडौँ । विश्वकप २०२६ को जारी संस्करण युरोपेली फुटबलका लागि निकै पीडादायी बनेको छ । उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र न...


