खेलकुद
टी-२० विश्वकपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुरुका २-२ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २-२ खेलमा १-१ खेल जितेका छन् भने १-१ खेलमा हार बेहोरेका छन् ।
त्यसैगरी आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २-२ खेलनै जितेका छन् ।
ताजा समाचार
इटालीविरुद्ध नेपालको लज्जास्पद हार
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कम...
नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले आज इटाल...
टी-२० विश्वकप : भारतसँग खेल्न पाकिस्तान तयार, बहिष्कारको निर्णय फिर्ता
काठमाडौँ । आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा पाकिस्तानले भारतको सामना गर्ने निश्चित भएक...
आहा रारा पोखरा गोल्डकप माघ २७ देखि, १२ टिमबीच भिडन्त, विजेतालाई १२ लाख
पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको...
आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेड...
इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल
काठमाडौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्...


