मङ्गलबार, २३ असार २०८३
नेपाली

खेलकुद

Main News Image

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो। कर्णालीको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।

यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

 

धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको...

एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्ज...

एनपीएल क्रिकेट: चार टोली मैदानमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे...

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरे...

आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठम...

एनपीएलको तयारी पूरा, उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह

काठमाडौँ । भोलि मंसिर १ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको तयारी पूरा भएको छ । एनपीएलको दोस्रो...