खेलकुद
एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल
काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मलेसियालाई अजमानस्थित सेभेन डिस्टिक ग्राउन्ड–२ मा पहिलो ब्याटिङका लागि निम्तो दियो । मलेसिया १७।२ ओभरमै ५१ रनमा समेटियो । नितेशले ८ ओभरमा २ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रनमा ३ विकेट हात पारे। कप्तान अशोक धामी र रोशन विश्वकर्माले पनि १–१ विकेट जोडे।
मलेसियाबाट नवौँ नम्बरका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाए । यी दुईबाहेक अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्। मलेसिया ८ ओभरमा १३ रनमै ७ विकेट गुमाइसकेको अवस्थामा दुवैले इनिङ केही अघि बढाएका थिए।
जवाफमा नेपालले ८ ओभरभित्रै ५५ रन बनायो । निरजकुमार यादव ४ रनमा आउट भए पनि वंश क्षेत्री १७ बलमा ७ र निश्चल क्षेत्री १४ बलमा १० रन बनाएर अविजित रहे।
साउदी अरेबिया र हङकङलाई पराजित गर्दै समूह विजेता बनेको नेपालले अब युएई र ओमानबीचको अर्को सेमिफाइनलका विजेतासँग फाइनल खेल्नेछ।
ताजा समाचार
एनपिएल : आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जित हासिल गरेको छ । शनिब...
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी पुरुष यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज...
नगदको जमाना गयो ! गोल्डकप विजेतालाई अलैँची पुरस्कार
काठमाडौँ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई नगदको सट्टा...
काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजि...
एनपीएलमा आज दुई खेल, चितवन र विराटनगरलाई प्लेअफको अवसर
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन् । त्रिभ...
एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । बुधबार दि...


