अन्तर्राष्ट्रिय समाचार
जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत
काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ ।
तर एलडिपी एक्लैले ३१६ सिट जितेको हो। एनडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । योसँगै ताकाचीको सत्तारुढ गठबन्धनले ३५२ सिट जितेको छ । विपक्षी गठबन्धनको सिटमा भने भारी गिरावट आएको छ । पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले भनिन्, ‘हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं । हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं ।’
ताजा समाचार
भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर
काठमाण्डौँ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत...
ओमानमा इरान र अमेरिकाबीच गोप्य आणविक वार्ता, ट्रम्पका ज्वाइँ सहभागी हुने
काठमाडौँ । इरानले आगामी शुक्रबार ओमानको मस्कटमा अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्ने तयारी गरेको छ । इरानी सञ्चारमाध्यम तस्निमका अनुसार यो वार्...
चन्द्रमाको यात्रा नजिकिँदै : नासाको रकेटमा इन्धन भरेर गरियो सफल परीक्षण
काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्वपूर्ण परीक...
अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन
काठमाण्डौँ । अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ । रोयटर्सका अनुसार, इरानको साहेद १३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्रा...
शेख हसिनाका छोराको दाबी : बंगलादेशमा हुन लागेको चुनावपछि भारतलाई खतरा पैदा हुनेछ
काठमाण्डौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधल...
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी, नेपालद्वारा कृतज्ञता व्यक्त
काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको ५४ औं राष्ट्रिय दिवस ईद अल एतिहादका वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गर...


