बिहिबार, २८ साउन २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको थियो ।

रिपब्लिकन राष्ट्रपतिले नियुक्त गरेको न्यायाधीशहरूको बहुमत रहेतापनि सर्वोच्चले उनको घोषणाविपरीत आदेश गरेपछि ट्रम्पले उक्त आदेशलाई चुनौती दिँदै शुक्रबार आफ्ना व्यापारिक साझेदारहरूलाई १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए ।

शनिबार उक्त दरमा वृद्धि गर्दै ट्रम्पले भन्सार दर १५ प्रतिशत पुर्‍याउने घोषणा आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर गरेका हुन् ।

बंगलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने का...

बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज

काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट र...

अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक

काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयो...

बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै, संविधान संशोधन गरिँदै

काठमाडौँ । बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी बीएनपीले भारी विजय हासिल गरेको छ। बीएनपीले २९९ सिटमध्ये २०९ सिट जितेको छ,...

रूसलाई थप दबाब दिन जेलेन्स्कीको आह्वान

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्यपि आगामी हप्ता अमेरिकी...

अमेरिकामा नेपालीको भविष्य अन्योलमा, करिब सात हजार नेपाली निर्वासनको जोखिममा

काठमाडौँ । एक दशकअघि भूकम्पको त्रासदीबाट जोगिन अमेरिका पुगेका हजारौँ नेपाली अब कानुनी अस्तित्व गुमाउने जोखिममा परेका छन् । अमेरिकी संघीय पुनरावेदन...