समाज/संस्कृति
तिहारको पाँचौ दिन : आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी संकल्प पढिन्छ । गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ। गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ। आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।
ताजा समाचार
आज देशभर मौसम मुख्यतया सफा रहने, एक दुई स्थानमा हल्का वर्षा !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनु...
विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए
काठमाडौँ । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत...
जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
काठमाडौँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा...
भाइटीकाको उत्तम साइत ११:३९ बजे, टीका लगाउँदा को-कता फर्किने ?
काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका...
मन्त्री कुलमानले सम्झिए नौ वर्षअघिको दिपावली
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नौ वर्षअघिको तिहार स्मरण गरेका छन् । मंगलबार बिहान सामाजिक...
विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द...
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै...


